दफा ६८
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
(१) कर्मचारीले सचिवालयको पूर्वस्वीकृति नलिई देहायको काम गर्नु हुँदैन:—
(क) कुनै बैङ्क, परामर्श सेवा वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख) प्रचलित कानून बमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले व्यवस्थापिका–संसद वा
नेपाल सरकारको नीतिको विपरीत नहुने गरी साहित्यिक, वैज्ञानिक वा कलात्मक कार्य गर्न सक्नेछ ।